पोखरामा जारी खुल्ला सेभेन ए साइड फुटबलको प्रिक्वाटरका खेल सम्पन्न

पाेखरा | असोज २१, २०८०

पोखरामा जारी खुल्ला सेभेन ए साइड फुटबलको प्रिक्वाटरका खेल सम्पन्न

पोखरा:   माछापोखरी खेलमैदानमा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । रग्वी खेलाडी यशोदा बोहोरा सहयोगार्थ एट टु नाइन गाइजले आयोजना गरेको प्रतियोगिताबाट आइतबार अन्तिम आठ टोलीको टुंगो लागेको छ । 


आइतबारको पहिलो खेलमा गन्नी एफसीले एनवाईसी एयरपोर्टलाई ३–० गोलको फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा लामा गाउँले ए–सेभेन ब्रदर्शलाई ३–० को फराकिलो गोलअन्तरले पाखा लगाउँदै अन्तिम आठमा प्रवेश गरेको छ ।


प्रतिस्पर्धात्मक बनेको तेस्रो खेलमा भुजुङ फुटबल क्लबले नमस्ते फुटबल क्लबलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमै रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।  


अत्यन्तै प्रतिस्पर्धात्मक बनेको चौथो खेलमा कमलपोखरीले विवाईसी–३३ लाई सडनडेथमा हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमा कमलपोखरीले ४–३ को जित हासिल गरेको हो 


पाँचौ खेलमा रामघाट गुम्बाले रन्जन मेमोरियललाई सडनडेथमा ३–२ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २–२ गोलको बराबरी भएपछि खेलको टुंगो सडनडेथबाट लागेको हो । 


छैटौं खेलमा बि–१३ ले सडनडेथमा भद्रकाली फुटबल क्लबलाई ५–४ गोलअन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय
१–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथबाट खेलको टुंगो लागेको थियो । अन्तिम खेलमा माछापुच्छे« त्रिशक्ति युनाइटेडले गेमशालालाई २–० गोलले पाखा लगायो । 


प्रतियोगिताको विजेताले एक लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ६० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई तीन हजार रुपैयाँ र ट्रफी तथा उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई समान २÷२ हजार रुपैयाँको साथमा ट्रफी प्रदान गरिनेछ । असोज १७ देखी सुरु प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको छ । प्रतियोगिता २३ गते सम्पन्न हुने एट टु नाइनका अध्यक्ष लोक गुरुङले जानकारी दिए ।
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्